२०८२ फाल्गुन २९ गते शुक्रवार

शेयर बजार आज दोहोरो अङ्कले घट्यो


दाङ । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ५६ अङ्कले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ विन्दुमा झरेको छ ।

आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९८ वटा कम्पनीको शेयर घटेकोमा ४९ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज दरमखोला हाइड्रो इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव ७२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन भूगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस