२०८२ चैत्र १ गते आइतवार

आज सुनको भाउ पाँच सय रुपैंयाले घट्यो


दाङ । आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ पाँच सय रुपैयाँले घटेर तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी ६० रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार तीन सय ४५ रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस