२०८२ फाल्गुन २९ गते शुक्रवार

प्रधानमन्त्रीसहित सात जना मन्त्रीले बुझाए सम्पत्ति विवरण


दाङ । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । अझै तीन जना मन्त्रीहरूले बुझाउन बाँकी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाँकी सात जना सदस्यको सम्पत्ति विवरण प्राप्त भएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत २७ भदौमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री कार्कीले ३० भदौमा तीनजना मन्त्री नियुक्त गर्नुभएको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् ।

अब ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले सम्पत्ति विवरण बुझाउनुभएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण प्राप्त हुनेक्रम जारी रहेको बताउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस