२०८२ माघ ७ गते बुधवार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

दाङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ पैसाले बढाइएको छ । डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस