२०८२ मङ्सिर २२ गते सोमवार

आज एकैदिन सुनको भाउ तोलामा ६ हजार ९ सय रुपैयाँले घट्यो


दाङ । सुनको भाउ आज एकैदिन तोलामा छ हजार नौ सय रुपैयाँले घटेको छ । सुन आज छ हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि आज एकैदिन तोलामा एक सय ५० रुपैयाँ घटेको छ ।

चाँदी आज एकैदिन एक सय ५० रुपैयाँ घटेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८५ रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस