२०८२ फाल्गुन २९ गते शुक्रवार

सुनको भाउ आज तोलामा दुई हजार आठसय रुपैयाँले बढ्यो


दाङ । सुनको भाउ आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा झरेको थियो ।

त्यस्तै आज चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज ६० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ९० रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस