२०८२ मङ्सिर २१ गते आइतवार

दंगिशरणमा ‘दलित सशक्तीकरण’ सम्बन्धि ऐन कार्यान्वयन गर्न समिति गठन


दाङ । दंगीशरण गाउँपालिकाले ‘दलित सशक्तीकरण सम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७८’ कार्यान्वयन गर्न समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा बिहिबार बसेको बैठकले ऐन कार्यान्वयनका लागि ९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको संयोजकमा गाउँपालिका अध्यक्ष गिरी रहनुभएको छ । समितिको अन्य सदस्यहरुमा कार्यपालिका सदस्य शितरा नेपाली, वडा नं. ६ का वडा सदस्य उर्मिला परीयार, अधिकारकर्मी मानबहादुर परीयार, अधिकारकर्मी सुरेश सार्की, अधिकारकर्मी इन्द्रा परीयार, अपांगता भएका व्यक्तिहरूको तर्फबाट रेणुका बिक, जेष्ठ नागरिक प्रतिनिधिका रूपमा वडा नं. १ का वडा सदस्य लक्ष्मी परीयार रहनुभएको छ ।

यस्तै सदस्य सचिवमा महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुन कुमारी घर्ती रहनुभएको छ । बैठकले दलित सशक्तीकरण ऐनलाई प्रभावकारी रूपमा लागू गर्न आवश्यक कार्ययोजना, संरचना तथा जिम्मेवारी निर्धारणका विषयमा छलफल गरेको गाउँपालिकाले जनाएको छ । बैठकको सहजिकरण प्रशासन साखा प्रमुख सुदिप डाङ्गीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस