२०८२ माघ ७ गते बुधवार

एनपिएलमा आज दुई वटा खेल हुने

दाङ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुने भएका छन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दै छन् । पहिलो खेल बिहान सवा ११ बजे शुरु हुने छ भने दोस्रो खेलमा काठमाण्डौ गुर्खाज र बिराटनगर किंग्स खेल्ने छन् । यो खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्स लगातार दोश्रो जित निकालेको छ । सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्रै बनाउन सेकेको हो ।

एनपीएलमा ८ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस