दाङ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार एउटा मात्र खेल हुँदैछ। दिउँसो ३ :३० बजे सुरु हुने खेलमा काठमाण्डु गुर्खाज र कर्णाली याक्स भिड्ने छन् ।
पाँच खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पाँचौं खेलमा चितवनलाई ५३ रनले हराएको काठमाण्डु आजको खेलमा उच्च मनोबलका साथ मैदानमा हुनेछ ।
चार खेल खेलेर दुई अंक मात्र जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हारेको कर्णाली चौथो खेलमा विराटनगरसँग तीन विकेटले पराजित भएको हो । कर्णालीका लागि अब सबै खेल जित्नैपर्ने दबाब छ ।
अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान चार अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुईदुई अंक छ भने जनकपुर अंकबिहीन पुछारमा छ ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।














