दाङ । सरस्वती माध्यमिक विद्यालय तुलसीपुर–३ दमारगाउँका विद्यार्थीलाई समाजसेवीहरूले शैक्षिक सामग्री वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार ३३ जना बालबालिकालाई कापी र कलम वितरण गरिएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बा कुमारी डाँगी (वली) को अध्यक्षता तथा जयजीव दर्शनका द्रष्टा एवं समाजसेवी उपेन्द्र पौडेलको प्रमुख आतिथ्यता एवं होटल वेस्टर्न प्यालेसका प्रमुख कार्यकारी अधिकृत एवं समाजसेवी असिताभ लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
विद्यालयका प्रधानाध्यापक जंगवीर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा समाजसेवी आकाश गुरुङ, हुमबहादुर बिक, तुलसीपुर–३ का वडा सदस्य राजेन्द्र गुरुङ, थम्मन केसी (दीपक), दशरथ ओली, तथा प्रअ जंगवीर ओलीले विद्यार्थीहरूलाई शिक्षा सम्बन्धी प्रेरणादायी मन्तव्य राख्नुभएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण थर्कोट डट कमका सञ्चालक दोर्ण केसीले गर्नुभएको हो ।












