सल्यान । सल्यानमा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १४ वर्षिया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ३८ वर्षीय बाबुलाई घरबाटै पक्राउ गरेको जनाएको छ । पक्राउमा परेका पुरुषलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिनुभयो ।
जिल्ला अदालत सल्यानबाट म्याद थप भएर घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक केसीका अनुसार ३८ वर्षीय बाबुले १४ वर्षिया छोरीलाई गत असोज २६ गते बलात्कार गरेका थिए । केही दिनपछि कोही नभएको मौका छोपी बलात्कारको प्रयास गर्दा आमाले देखेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।















