२०८२ माघ ८ गते बिहिवार

छिल्लीकोट पुग्ने सडक धुलाम्य बनेपछि स्थानीय आक्रोशित : पानी नहाले टिप्पर चल्न नदिने चेतावनी


दाङ । दाङको प्रमुख पर्यटकियस्थल तुलसीपुर–१९ मा पर्ने छिल्लीकोटमा पुग्ने सडक धुलाम्य बनेपछि स्थानीय आक्रोशित बनेका छन् । सोनापुर सिमेन्ट उद्योगका टिप्परका कारण सडक धुलाम्य बनेपछि स्थानीयले सडकमा दैनिक पानी हालेमात्रै टिप्पर चल्न दिने बताएका छन् ।

स्थानीय परबिर पुनले सक्रामदेखि छिल्लिकोट बगालेसम्मको सडकमा उद्योगले दैनिक पानी हाल्ने सहमति भएको बताउनुभयो । उहाँले पानी नहालेमा टिप्परमा रोक लगाउने बताउनुभयो ।

यस्तै भित्री स्यालापानीदेखि चोरकाटे हुँदै छिलीकोटसम्मको मोटरबाटोलाई सहज बनाउने पनि सहमति भएको छ । बाटोको ठाउँ–ठाउँमा रहेका मोडहरूलाई चौडा र फराकिलो बनाउने सहमति भएको पुनले बताउनुभयो ।

स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिका र सोनापुर सिमेन्ट उद्योगले कम्तीमा पनि ५ दिनसम्म डोजर मेसिन प्रयोग गरी सडक मर्मत गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस