दाङ। दाङको तुलसीपुरमा आजदेखि दोस्रो नेवारी सडक खाना महोत्सव शुरु भएको छ । नेवारी खानाको प्रचारप्रसार र प्रवद्र्धन गर्नका लागि नेवारी सडक खाना महोत्सव गरिएको हो ।
२९ गतेसम्म हुने महोत्सवमा नेवारी खाना आलु फ्राइ, चुकौनी, बोडी, जुम्ली झर, सेल, यःमरी, तामा, आलु, बोडी, सादा बारा, अण्डा बारा, कुखुरा छोयला, बफ छोयला, सम्य बजी लगायतका खान प्रदर्शनमा राखिएका छन् ।
नेवा : देय् दबु तुलसीपुर नगरसमितको आयोजनामा खाना महोत्सव गरिएको हो । नगर समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
















