२०८२ फाल्गुन २९ गते शुक्रवार

नेपाल पत्रकार महासंघ दाङ शाखाको स्थापना दिवसमा रक्तदान

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २४ जना पत्रकारले रक्तदान गरेका छन् ।

पत्रकार जनक नेपाली, गजेन्द्र बोहरा, हेमराज परिवर्तन, गणेश ओली, जंग बहादुर रेउले, गिरीराज नेपाली, कबिता डिसी, शैलेश अधिकारी, दिपक पुन र भरत ओलीले रक्तदान गर्नु भएको छ ।

यसैगरी रेमन्ता पुन, बलजित दमाई, सुशिल परियार, शिबप्रसाद देबकोटा, बिनोद नेपाली, भोजराज डाँगी, बिनिता नेपाली, हिमाल पौडेल, प्रबिक रोका मगर, बिपिन नेपाली, देबेन्द्र नेपाली, समिर परियार, बिज्ञान पुन मगर र महेश कुमार रोकायले रक्तदान गर्नु भएको छ ।

महासंघले भोली फुटबल र स्वास्थ्य सम्बन्धी कार्यशाला, पुस ३ गते महिला पत्रकार बिच खेल र अन्तिम दिन पुस ४ गते पुरस्कार वितरण एंव अन्तरक्रिया कार्यक्रम हुने महासंघका अध्यक्ष सन्तोष सुबेदीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस