२०८२ माघ ८ गते बिहिवार

दाङमा कर छली गरेर ल्याएको एक लाख बढीको अवैध सामान बरामद


दाङ । भन्सारमा कर छलि गरेर ल्याउने अवैध सामानमा दाङ प्रहरीले निगरानी बढाएको छ । प्रहरीले विभिन्न समयमा भन्सार छली अवैध रूपमा भित्र्याइएका लाखौँ रुपैयाँ बराबरका सामग्रीहरू बरामद गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाईहरूले चलाएको विशेष निगरानी अभियानका क्रममा पछिल्लो केही समययता ठुलो परिमाणमा अवैध सामान बरामद भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार मंगलबार मात्रै १ लाख बढीको अवैध किराना तथा लत्ता कपडा बरामद गरिएको छ । गढवा गाउँपालिका–१ कालाकाटे चोकस्थित सडक छेउबाट १ लाख १८ हजार ७५० बराबरको अवैध सामान बरामद गरिएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

बरामद गरिएको अवैध सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कोइलाबाट पठाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस