२०८२ माघ ७ गते बुधवार

फुलवारीमा व्यापार संघ गठन


दाङ । दाङको तुलसीपुर उप–महानगरपालिका– १३ को साविक फुलवारीमा फुलवारी व्यापार संघ गठन भएको छ ।

जिल्ला प्रहरी कार्यलय दाङको निर्देसन तथा अस्थाई प्रहरी पोष्ट दमारगाउँको समन्वयमा आज बुधबार व्यापार संघ गठन गरिएको अस्थाई प्रहरी पोष्टका प्रमुख पाराश्वर डाँगीले जानकारी दिनुभयो । फुलवारीमा फुलवारी व्यापार संघको आवश्यकताको महसुस गरी व्यापार संघ गठन गरिएको डाँगीले जानकारी दिनुभयो ।

होटेल द रिभर फिस एण्ड लजका सञ्चालक देविराम कुसारीको अध्यक्षतामा गठन भएको ब्यापार संघको उपाध्यक्षमा खड्का किरणा पसलका सञ्चालक यमकुमारी खड्कालाई चयन गरिएको छ ।

व्यापार संघको सचिवमा एच पी किरणा पसलका सञ्चालक हेमराज शाहुलाई चयन गरिएको छ । अन्य सदस्य पछि थप गर्ने गरी ब्यापार संघको कोषाध्यक्षमा बबई एग्रो फर्म एण्ड रिसोर्टका सञ्चालक उमेश डाँगीलाई चयन गरिएको छ ।

त्यसैगरी लोकबहादुर खत्रीको संयोजकत्वमा गोपाल पल्ली मगर, मोहन भट्टराई, सोगतविर चौधरी, मनकुमारी भण्डारी सदस्य रहेको सल्लाहकार समिति पनि चयन गरिएको छ ।

पोष्टको हाता भित्र रहेका होटेल तथा अन्य व्यवसायलाई व्यवस्थित गराई भईपरी आउने समस्या समाधनमा सहजिकरण गर्न ब्यापार संघको आवश्यक परेको संघका सल्लाहकार संयोजक लोकराज खत्रीले वताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस