२०८२ फाल्गुन २९ गते शुक्रवार

राजश्व छलि गरी ल्याइएको तीन लाख बढीको सामान बरामद


दाङ । दाङमा राजस्व छली गरी ल्याइएको तीन लाख बढीको सामान बरामद गरिएको छ । दाङ प्रहरीका अनुसार बिलबिजक प्रक्रिया पूरा नगरी राजश्व छलि गरी ल्याइएको तीन लाख ३० हजार ९९० रुपैंया बराबरको विभिन्न सामान बरामद गरिएको हो ।

कार, मोटरसाइकल वास ३०३ लिटर प्रति लिटर ३० का दरले ९ हजार ९०, ह्यान्ड वास २३० लिटर १३ हजार ८ सय, डिस वास १८० लिटर ९ हजार, कटनको तन्ना ८३८ पिस प्रति पिस ३ सयका दरले २ लाख ५१ हजार ४ सय, सिरानीको कभर ७९५ पिस प्रति पिस ६० का दरले ४७ हजार ७ सय रुपैंष गरी जम्मा तीन लाख ३० हजार ९९० रुपैंया बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

हिजो आइतबार बिहान ६ बजेतिर लमही नगरपालिका–९ स्थित ट्रक समितिको कार्यालय नजिकैको पूर्व–पश्चिम राजमार्गमा प्रहरीद्वारा चेकजाँचका क्रममा राजश्व छलि गरी ल्याइएका विभिन्न सामान बरामद गरिएको डिएसपी शाहले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट खटिएको प्रहरी टोलीलेसवारी साधन चेकजाँच गर्ने क्रममा राजश्व छलि गरी ल्याइएका सामान फेला पारी बरामद गरेको डिएसपी शाहले जानकारी दिनुभयो ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस