२०८२ फाल्गुन २६ गते मङ्गलवार

अटो रिक्सामा आगजनी गर्ने एक युवक पक्राउ


दाङ । दाङमा अटो रिक्सामा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पा माडी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल दाङको घोराही उप–महानगरपालिका – १३ डुमरगाउँ बस्दै आएका १८ वर्षीय सन्देश नेपालीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।

पुस २४ गते राति साढे १ बजेतिर घोराही–१३ प्रगतिनगर टोलका जीवन वलीले आफ्नो कोठाअगाडि आँगनमा पार्किङ गरी राखेको रा १ ह २७५७ नम्बरको अटो रिक्सामा अज्ञात व्यक्तिले आगो लगाएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा आगजनीमा संलग्न नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीले नेपालीलाई बिहिबार बेलुका करिब ६ बजे घोराही उप–महानगरपालिका–१४ स्थित नयाँ बसपार्क क्षेत्रबाट फेला पारी पक्राउ गरेको डिएसपी शाहले जानकारी दिनुभयो ।

पक्राउ परेका नेपालीलाई दाङ जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस