दाङ । घोराही उपमहानगरपालिकाले भोली सार्ववनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भोली पुस ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको पालिकाले जानाएको छ ।
नगर कार्यपालिकाको १८५ औँ बैठकले माघी पर्वको अवसरमा भोली उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

नगर कार्यपालिकाको बैठक पुस २० गते भएको थियो । उपसचिव तथा सामान्य प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यद्वारा हस्ताक्षरित सूचनामा बैठकको निर्णयअनुसार पुस ३० गते घोराही उपमहानगरपालिकाको कार्यालय तथा अन्तर्गतका सबै निकायहरू बन्द रहने जनाइएको छ ।
















