दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत खैरीपुर–अस्वार जोड्ने भमके खोलामा करिब सवा एक करोड रुपैयाँको लागतमा पुल निर्माण हुने भएको छ ।
मङ्गलबार एक कार्यक्रमका बीच पुलको शिलान्यास समेत गरिएको छ। वडा नम्बर २ का वडा अध्यक्ष भीम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथितामा उक्त पुलको शिलान्यास भएको हो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष बिजय बिक., वडा नम्बर ८ का वडा अध्यक्ष धर्मबहादुर ओली विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
यस्तै स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा नम्बर २ का वडा सचिव सन्तोष न्यौपानेले गरेका थिए ।
पुल निर्माणपछि खैरीपुर–अस्वार क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
















