२०८२ माघ २५ गते आइतवार

लुम्बिनी प्रदेशमा अहिलेसम्म २३० मत खस्यो


दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान अपरान्ह १२ बजेसम्म २३० मत खसेको छ । दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहा न ९ बजेदेखि मतदान जारी छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार प्रदेशसभा सदस्यतर्फ महिला २७ र पुरुष ४० गरी जम्मा ६६ मत खसेको छ । त्यस्तै स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ महिला ६१ र पुरुष १०२ गरी जम्मा १६३ मत खसेको छ ।

मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरिरहेका छन् ।

निर्वाचनका लागि दुई मतदान केन्द्रमा गरी २० जना कर्मचारी खटाइएका छन् । तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवाबीच प्रतिस्पर्धा हुँदै छ ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख उपप्रमुख गरी ३ सय ५ मतदाता रहेकोमा हाल २ सय ९९ मतदाता छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजिनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेको निर्वाचन अधिकृत पण्डितले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस