दाङ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आज आइतबार साँझ मतगणना सकिएकोमा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ’जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्री ६ हजार ३३० मतका साथ निर्वाचित हुनुभएको हो । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाका पद्मा पण्डितले १४२ मत प्राप्त गर्नुभएको छ ।
अपांगतातर्फ जंगली ५ हजार ३२२ मतका साथ विजयी हुनुभएको छ । नेकपाका सर्जन विकले १ हजार ६०१ मत प्राप्त गर्नुभएको छ ।
अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतका साथ निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गर्नु भएको छ ।














