२०८२ माघ २५ गते आइतवार

दाङमा युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ


दाङ । दाङमा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ९ अस्पारा ३२ वर्षका बिजय पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपहानगरपालिका वडा नम्बर १७ नयाँ बस्तीका २८ वर्षिय प्रदिप वलीलाई पक्राउ गरेको हो ।

पौडेल गत पुस १५ गते राती ८ बजेतिर तुलसीपुर–१७ स्थित हापुरखोलामा घाइते अवस्थामा भेटिनुभएको थियो । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको र १६ गते बिहान उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

घटनापछि वलीलाई खोजतलास गर्दै जाँदा सोमबार (हिजो) तुलसीपुर– १६ रावतगाँउ स्थित आफन्तको घरमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । हत्या आरोपी वलीलाई ज्यान सम्बन्धी कसूर मुद्दा शिर्षकमा दाङ जिल्ला अदालत घोराहीबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस