२०८२ फाल्गुन २६ गते मङ्गलवार

हाम्रो पहुँचको १८ औँ वार्षिकोत्सव विभिन्न व्यक्ति पुरस्कृत


दाङ । हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक उत्सबमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् ।

संस्थाले उत्कृष्ट कर्मचारी, सेवाग्राही, वचतकर्ता, ऋणी, विज्ञापनदातालाई सम्मान गरेको छ । त्यसैगरी रेडियोका स्रोता, उच्च कारोवार गर्ने सेयर सदस्य, जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

जसमा जेष्ठ सदस्य तुलसीपुर–१८ का ८५ वर्षका रामबहादुर डाँगी, संस्थाले व्यवसाय सुरु गर्दा आफ्‌नो जग्गा संस्थाको तर्फबाट धितो राख्न दिने सदस्यहरु तुलसीपुर–७ गणेशपुरका पवा कुमारी भण्डारी, पूर्व उपाध्यक्ष तुलसीपुर–४ रक्षाचौरका ढुण्डीराज खनाल, पूर्व सल्लाहकार तुलसीपुर–४ रक्षाचौरका स्वर्गिय मनिराम खनाल, पूर्व सञ्चालक तुलसीपुर–७ गणेशपुरका कमला जीसी, पूर्व सञ्चालक तुलसीपुर–७ झुमरेका उत्तम प्रसाद भण्डारी, तुलसीपुर–७ मोतिपुरका हुताराम भण्डारीलाई सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।

यस्तै उत्कृष्ट कर्मचारीमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, उत्कृष्ट कार्यक्रम संचालक कमल भण्डारी, रेडियोको उत्कृष्ट स्रोतामा आइपी भण्डारी ओमभक्त, उत्कृष्ट विज्ञापन दातामा साहारा पोलिकिलिनिक तुलसीपुर, डेरी विभागमा उच्च कारोवार गर्ने डम्बर चालिसे, डेरीजन्य वस्तु नियमित उपभोग गर्ने उत्कृष्ट सेवाग्राही विमल श्रेष्ठ पुरष्कृत हुनुभएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

यस्तै उत्कृष्ट कारोबारीका रुपमा बचत तथा ऋण विभागतर्फ फस्टराम शर्मा, सहकारी पेट्रोलपम्पमा कारोबार गर्ने गोपाल डाँगी, रेडियो हाम्रो पहुँचमा विज्ञापनको उत्कृष्ट कारोबार गर्ने लागुऔषध दुव्यसनी पुनस्थापना केन्द्र हेमन्तपुरका सुरेश भुसाल, विद्यालय तर्फ निर्मला पौडेल र डेरी विभागमा उत्कृष्ट कारोबार गर्ने देवराज वली पुरष्कृत हुनुभएको छ ।

त्यसैगरी उत्कृष्ट अभिभावकमा कक्षा ३ मा अध्ययनरत रोजन ओली र कक्षा ७ मा अध्ययनरत झरना ओलीको आमा लिला ओली, उत्कृष्ट बचतकर्ता डिला चौधरी, उत्कृष्ट बाल बचत कर्ता दिपिका हमाल र दिप्ती हमाल, उत्कृष्ट ऋणी माधव प्रसाद जैसी, उत्कृष्ट सहकारी समूह तर्फ तुलसीपुर–१० वनगाँउको सयपत्री समूह रहेको छ ।

प्रतिक्रिया दिनुहोस