२०८२ माघ २५ गते आइतवार

तुलसुीपुरमा तीन हजार बढी बालबालिकाले खाए स्वर्णविन्दु


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको राप्ती आयुर्वेद चिकित्सालयले आज आइतबार बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाएको छ ।

कार्यक्रम सुरु भएको आज तेस्रो महिना ६ महिनादेखि ५ वर्ष सम्मका तीन हजार बढी बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको हो । गत संसिरमा दुई हजार, पुसमा तीन हजार बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको थियो । आज तीन हजार ७१४ जना बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेले जानकारी दिनुभयो ।

स्वर्णविन्दु खुवाउन आज विहान ५ बजेदेखि तुलसीपुरसहित पश्चिम क्षेत्रका अभिभावकहरु बालबालिका बोकेर लाइनमा बसेका थिए । स्वर्णविन्दु बालबालिकाहरुलाई महिनामा एक पटक मात्र खुवाउने गरिन्छ ।

अव फागुन १७, चैत्र १४, बैशाखको १०, जेठको ६ र असारको ३ गते स्वर्णविन्दु खुवाउने कार्यक्रम रहेको डा.न्यौपानेले जानकारी दिनुभयो । चिकित्सालयका सूचना अधिकारी डा. न्यौपानेले स्वर्णविन्दु आयुर्वेदिक खोप रहेको बताउनुभयो ।

यसले बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सालयका न्यौपानेको भनाई छ । उहाँले स्वर्णविन्दुले बालबालिकाको शारीरिक र मानशिक स्वास्थ्यको वृद्धि विकास गराउनुका साथै पाचन शक्तिलाई मद्दत गर्ने, रोग प्रतीरक्षा प्रणालीलाई मजवुद बनाई संक्रमणबाट जोगाउने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस