दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङको चुनावी सभामा राप्ती लाइफ केयर अस्पताल तुलसीपुरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राष्ट्रिय स्वतन्त्र पाटीले आज घोराहीमा आयोजना गरेको चुनावी सभामा सहभागी नागरिकलाई लक्षित गरी विभिन्न व्यक्तिहरु स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको अस्पतालले जनाएको हो ।
अस्पतालले दाङका हरेक ठाउँमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा स्वास्थ्य शिविर सञ्चालन गदै आएको छ । शिविरमा चारसय जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । बिजनेस डेभलपमेन्ट म्यानेजर पंकज चौधरीले शिविरमा सुगर र उच्च रक्तचापको परीक्षण गराएको बताउनुभयो । शिविरमा अस्पतालका हेल्थ असिस्टेन्ट टेकेन्द्र डाँगी, नर्सहरु प्रियंका ओली, ऐश्वर्या डाँगी र निर्मला पुनमगरको सहभागिता रहेको थियो ।
अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले अस्पतालले दाङका हरेक ठाउँमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरुमा स्वास्थ्य शिविर सञ्चालन गदै आएको बताउनुभयो ।े पछिल्लो समय अस्पताल आफैँ सम्बन्धित ठाँउसम्म पुग्ने नीति लिएको उहाँको भनाई छ ।
सबैलाई एकै ठाउँमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ । राप्ती लाइफ केयर अस्पतालले विगत लामो समयदेखि तुलसीपुर क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।














