२०८३ बैशाख ४ गते शुक्रवार

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएको छ । महिला सरोकार उप–समितिका संयोजक शान्ता खनालको अध्यक्षतामा आज सोमबार बसेको बैठकले फागुन २४ गते (मार्च ८) मा महिला दिवस मनाउने निर्णय गरेको हो ।

संस्थाले हरेक वर्ष मार्च ८ तारीखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीले जानकारी दिनुभयो । दिवसका अवरमा संस्थाका सहकारी समुहहरुको समुहगत प्रतुती,स्लो स्कृटी रेस, कुर्सी दौड लगायतको प्रतियोगिता हुने अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोतिामा प्रथम, द्धितिय, र तृतिय हुनेलाई नगद र मेडलसहित पुरस्कारको व्यबस्था पनि गरीएको छ । कार्यक्रममा संस्थाद्धारा सञ्चालीत सबै विभागका कर्मचारी, सञ्चालक समिति, उपसमिति, शेयर सदस्य, सहकारी समूह लगायतको उपस्थिति रहने प्रमुख भण्डारीले बताउनुभयो । कार्यक्रम २४ गते विहान ११ बजे हाम्रो पहुँच सेकेन्डरी स्कुलको प्राङ्णमा हुने छ ।

प्रतिक्रिया दिनुहोस