दाङ । दाङको तुलसीपुर– ७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वर्गिय तुलसी विश्वकर्माकोे परिवारलाई मृत्यु राहत कोष वाफतको रकम प्रदान गरेको छ ।
संस्थाले आज (सोमबार) तुलसीपुर उपमहानगरपालिका–७ नयाँवस्तीका मृतक विश्वकर्माको श्रीमानलाई मृत्यु राहत कोष वाफतको २० हजार रकम घरमै पुगेर हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले मृतक विश्वकर्माको परिवारलार्ई राहत कोष बाफतको रकम हस्तान्तरण गर्नुभएको हो । संस्थाको सदस्य बन्दा एक हजार रुपैयाँ जम्मा गर्ने नीति अनुसार राहत कोषमा रकम जम्मा हुने गरेको छ । सोही कोषको पैसा शेयर सदस्यको मृत्यु भएमा राहत स्वरुप उपलब्ध गराउने गरेको संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार राहत कोषमा आवद्ध भएपछि सदस्यलाई जटिल प्रकारका रोग लागेमा, प्राकृतिक विपत्तिबाट क्षति भएमा र स्वयंम सदस्यको मृत्यु भएपछि परिवारलाई राहत वितरण गर्ने गरेको छ । संस्थाले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्यु संस्कारसम्मको सेवा प्रदान गदै आएको उहाँले बताउनुभयो ।
विश्वकर्माको फागुन १४ गते ४२ वर्षको उमेरमा मृत्यु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीले गर्नुभएको हो ।
कार्यक्रममा संस्थाका लेखा अधिकृत गिता भण्डारी, वचत तथा ऋण विभागका विभागिय व्यबस्थापक रेखा शर्मा, डेरी विभागका विभागिय व्यबस्थापक शीवलाल पौडेल लगाएको सहभागिता रहेको थियो ।















