२०८३ कार्तिक १९ गते बिहिवार

तुलसीपुरमा ब्राउन सुगरजस्तो देखिने पदार्थसहित ५१ वर्षीय पुरुष पक्राउ


दाङ । दाङको तुलसीपुरमा लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ रामनगर टोल निवासी ५१ वर्षीय ललितराज कुँवर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार कुँवरले आफ्नै घरमा लागूऔषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कात्तिक १७ गते दिउँसो करिब साढे ३ बजे उहाँलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उहाँको घरमा खानतलासी गर्ने क्रममा कोठामा लुकाइछिपाइ राखेको ५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।

त्यसैगरी, विभिन्न दरका नेपाली नगद ७ हजार ६ सय ८० रुपैयाँ र दुई थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुँवरलाई दाङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस