दाङ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले आज मतदान गर्नुभएको छ ।
उम्मेदवार सुवेदीले दंगिशरण गाउँपालिकाको आधारभुत विद्यालय बैवाङ मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।
मतदान बिहानदेखि शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । निर्वाचनमा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ भने मतदाता उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन् ।





















