२०८३ भाद्र ८ गते सोमवार

दाङ क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार गिरीद्वारा बैवाङबाट मतदान


दाङ । दाङ क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले मतदान गर्नुभएको छ । उहाँले दंगीशरणगाउँपालिका अन्तर्गत रहेको आधारभूत विद्यालय बैवाङ मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।

मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरुको उल्लेख्य उपस्थिति देखिएको छ । दाङ क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा रहेको छ । निर्वाचन आयोगले तोकेको समयावधिभित्र मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस