२०८३ बैशाख ६ गते आइतवार

दाङमा अपरान्ह् ४ बजेसम्म २ लाख २२ हजार बढी मतदाताले गरे मतदान


दाङ । दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ । आज अपरान्ह् ४ बजेसम्म २ लाख २२ हजार बढी मत खसेको हो ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गरी २ लाख २२ हजार १२ अर्थात् ५१ दशमलव ४२ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर वकरले जानकारी दिनुभयो । जसमा एक लाख ६ हजार २२ हजार ४९५ जना महिला र ९९ हजार ५१७ जना पुरुष रहेका छन् ।

दाङको तीनवटा निर्वाचन क्षेत्र मध्ये सबैभन्दा धेरै मत क्षेत्र नम्बर ३ मा खसेको छ । क्षेत्र नम्बर ३ मा ८० हजार ३५६ मत खसेको छ । उक्त क्षेत्रमा ३५ हजार १४० पुरुष र ४५ हजार २२५ महिला मतदाताले मतदान गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ । त्यसमध्ये ३३ हजार ८८४ पुरुष र ३८ हजार ८२६ जना महिलाले मतदाता रहेका छन् । सबै भन्दा कम निर्वाचन क्षेत्र नम्बर २ मा ६९ हजार ३३७ मत खसेको छ । उक्त क्षेत्रमा ३० हजार ४९३ पुरुष र ३८ हजार ८४४ जना महिला मतदाताले मतदान गरेका छन्।

दाङमा कुल मतदाता सङ्ख्या ४ लाख ३१ हजार ६८६ रहेको निर्वाचन सूचना अधिकारी कँवरले जानकारी दिनुभयो । जसमा दुई लाख १३ हजार ३८० पुरुष र दुई लाख १८ हजार ३०३ महिला र तीन जना अन्य मतदाता रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस