२०८३ भाद्र २७ गते शनिवार

दाङ क्षेत्र नम्बर १ मा रास्वपाका पाठकको अग्रता कायमै


दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । दिउँसो १ बजेसम्म १२ हजार ४०७ मतणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकको अग्रता कायमै छ ।
रास्वपाका पाठककले ७ हजार ३७० मत प्राप्त गर्नुभएको छ । पाठकका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २ हजार २२९ मत प्राप्त गर्नुभएको छ । पाठक चौधरी भन्दा ५ हजार १४१ मतले अग्रता लिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका रेवतीरमण शर्मा घिमिरेले ७८९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका विनय विसीले १२५, नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रकाश शाहीले ७८, जनमोर्चाका गणेश प्रसाद आचार्यले ९८, जनता समाजवादी पार्टी नेपालका भरतलाल चौधरीले २८, मंगोल नेशनल अर्गनाइजेशनका खुम बहादुर गाहामगरले ११ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले ८४६, राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरीले ३, नेशनल रिपब्लिक नेपालका मिन बहादुर ठेडी मगरले २३, आम जनता पार्टीका सिताराम यादवले ८, स्वतन्त्र उम्मेदवार कुल प्रसाद केसीले १३६ र स्वतन्त्र उम्मेदवार मालिकराम यादवले १५७ मत प्राप्त गर्नुभएको छ ।

१२ हजार ४०७ मतणना हुँदा ५ सय ६ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस