२०८२ फाल्गुन २६ गते मङ्गलवार

हाम्रो पहुँच सहकारीले मनायो ११६औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेका रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । आज आइतबार एक कार्यक्रमको आयोजना गरी सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अवसर भन्ने नाराका साथ ११६औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको हो ।

संस्थाका महिला सदस्य तथा महिला सरोकार उपसमितिका संयोजक शान्ता खनालको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अवसरमा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले हाम्रो पहुँच सहकारी संस्थाले महिलाहरूको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु गदै आएको बताउनुभयो ।

महिलाहरुलाई आयआर्जनमा जोड्नको लागि कृर्षि कर्जा, व्यवसायीक कर्जा उपलब्ध गराउदै आएको बताउनुभयो । महिलाहरुलाई आत्मनिर्भर र सशक्तिकरण बनाउन संस्था प्रतिबद्ध रहेकोमा जोड दिनुभयो । उहाँले २०६४ सालमा स्थापना भएको संस्थाले विभिन्न सहकारी महिला समूहमा ऋण पनि लगानी गदै आएको बताउनुभयो ।

हाल संस्थामा ११२ जना कर्मचारी रहेकोमा ७० प्रतिशत महिलाहरूले काम गर्दै आएको बताउनुभयो । यसले महिलाहरूको आर्थिक सबलता र आत्मनिर्भरता बढाउन सहयोग पुर्‍याएको उहाँको भनाई छ । सहकारीमा पछिल्लो समयमा महिलाहरुको सहभागिता बढ्दै गएको उहाँको भनाई छ । सहकारीको मूल मर्म अनुसार संस्थाले लैङ्गिक विभेदलाई त्याग्दै सबै सदस्यलाई समान अधिकार र अवसर प्रदान गर्दै काम गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव जीवराज अधिकारी र सञ्चालक समितिका सदस्य शारदा सुनारले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको हो । सो अवसरमा सदस्य सुनारले लैङ्गिक विभेद अन्त गर्नका लागी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सरकारले समान कामको समान ज्याला निर्धारण गरेता पनि महिलाहरु सरकारले तोके अनुसारको ज्याला नपाएको भन्दै स्वयम महिलाहरु नै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नमुना हरियाली आमा समूहका बबिता भण्डारी, शेयर सदस्य लक्ष्मी ओलि, लालिगुरास समुहका निर्मला पन्त लगाएतकाले महिला श्रमिक दिवस सम्बन्धी कबिता वाचन गर्नुभएको हो ।

सो अवसरमा कुर्सी दौड र स्लो स्कुटी रेस प्रतियोगिता भएको थियो । कुर्सी दौड प्रतियोगितामा करुणा भण्डारी प्रथम, लालमती भण्डारी द्धितिय र भुमिका भण्डारी तृतिय हुनुभएको छ । त्यस्तै स्लो स्कुटी रेसमा सपना अधिकारी प्रथम, द्धितियमा लक्ष्मी घिमिरे र निर्मला बिष्ट तृतिय हुनुभएको छ । प्रथमलाई एक हजार पाँच सय, द्धितिय हुनेलाइ एक हजार र तृतिय हुनेलाइ पाँच सय नगद सहित मेडल प्रदान गरिएको हो ।

यस्तै र्‍यालीमा नमुना महिला समुह प्रथम, लालिगुरास महिला समूह द्धितिय र अन्नपूर्ण महिला समूह तृतिय भएको छ । प्रथम हुने समुहलाई दुई हजार पाँच सय, द्धितिय हुनेलाई दुई हजार र तृतिय हुने समुहलाई एक हजार पाँच सय रुपैंयाले पुरस्कृत गरिएको थियो । समुहको मुल्यांकनकर्तामा हाम्रो पहुँच सेकेन्डरी स्कुलका शिक्षक लक्ष्मी घिमिरे र अर्जुन बस्नेत रहनुभएको थियो ।

हाम्रो पहुँच सेकेन्डरी स्कुलका शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला सरोकार समितिका सदस्य शान्ती रिजाल र हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस