दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले यही चैत १३ गते बृहत निशुल्क क्यान्सर परिक्षण शिविर गर्ने भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनसँग सहकार्य गरेर शिबिर गर्न लागेको जानकारी दिनुभयो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक, प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सहभागितामा क्यान्सर रोगको शिविर हुन लागेको लम्सालले बताउनुभयो ।
प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने र क्यान्सर अस्पतालबीच यसअघि दुवै स्वास्थ्य संस्थाबीच भएको सम्झौता अनुरुप शिविर हुन लागेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले जानकारी दिनुभयो ।
शिविरमा पाठेघर, स्तन, योनी लगायतको क्यान्सर परिक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाठा भएका, योनी चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलालाई परिक्षण गर्न गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।


















