२०८३ बैशाख ६ गते आइतवार

हाम्रो पहुँच स्कुलका एसइई दिने विद्यार्थीलाई शुभकामना कार्यक्रम


दाङ । दाङको तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका एसईई परीक्षा दिने विद्यार्थीलाई लक्षित गर्दै शुभकामना कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी कक्षा ९ का विद्यार्थीहरूले २०८२ सालको एसईई ब्याचका विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

कक्षा ९ का विद्यार्थी सुमिना परियारको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक शिव पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक पुनले विद्यालयले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गर्नुभयो । वर्षभरी विद्यालयमा शिक्षकहरुले सिकाएका ज्ञानलाई प्रयोग गरेर अहिलेको समयमा सदुपयोग गरेर उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन शुभकामना दिनुभयो ।

निरन्तर मिहिनेत र अनुशासनले सफलता हासिल गर्न सकिने बताउँदै सबै विद्यार्थीलाई उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्य परीक्षाजस्तै भएकाले ढुक्क भएर परिक्षा दिन आग्रह गर्नुभयो । वर्षभरि सिकेको ज्ञानको सही उपयोग गर्न सके राम्रो नतिजा हासिल गर्न सकिने उहाँको भनाइ छ । यस वर्ष एसईई परीक्षामा ५९ जना विद्यार्थी सहभागी हुने विद्यालयले जनाएको छ ।

शिक्षक लक्ष्मी घिमिरेले एसईई परिक्षा आउन केही समय मात्रै भएकाले विद्यार्थीहरुलाई अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । शिक्षक अर्जुन बस्नेतले सकारात्मक सोच र आत्मविश्वासले सफलता प्राप्त हुने भएकाले एसईई परिक्षालाई धेरै ठुलो नमान्न आग्रह गर्नुभयो ।

कक्षा १० का विद्यार्थी अनुप पौडेल र विजय केसीले आजको कार्यक्रमले विद्यार्थीमा अझ राम्रो हौसला प्रदान गरेको बताएका हुन । आफुहरु विद्यालको नतिजा राम्रो बनाउनको लागि प्रयासरत रहेको बताएका हुन् । कक्षा १० उतिर्ण गरेर आफ्‌नै विद्यालयमा कक्षा ११ र १२ अध्ययनका लागि फेरी आउने प्रतिबद्धता जनाएका थिए । उनिहरुले विद्यालयको नामलाई सधै उचो राख्नको लागि विद्यार्थीहरु नै जिम्मेवार भएकाले शिक्षकहरुले प्रदान गरेको ज्ञानलाई खेर जान नदिने बताएका हुन् ।

यस्तै कक्षा ९ का विद्यार्थी सुप्रिम धितालले एसईईमा सहभागि हुने विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । विद्यालयमा १ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा १० मा मात्रै ५९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

कक्षा ९ का विद्यार्थी समीक्षा बिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुदिक्षा शर्मा र समानता भुसालले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस