दाङ। जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेर्क्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो र बेलुकीबाटै कार्यान्वयन गर्न गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग कुराकानी शुरु गर्नुभएको थियो ।
उनीहरुले पक्राउ गर्नुअघि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने सुझाएका थिए । त्यसपछि मन्त्रालयले नै ओली र लेखकविरुद्ध जाहेरी दिएको थियो । जाहेरी अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न तत्काल पक्राउ गर्नुपर्ने भन्दै प्रहरीले जरुरी पूर्जी तयार गरेको थियो । त्यसपछि ओली र लेखकलाई पक्राउ गरिएको हो ।















