२०८३ बैशाख १ गते मङ्गलवार

८४ लाख मूल्य बराबरको शंकास्पद सामान र कन्टेनर नियन्त्रणमा


दाङ । नवलपरासी पश्चिमको बर्दघाटबाट प्रहरीले झन्डै ८४ लाख मूल्य बराबरको शंकास्पद सामान र कन्टेनर नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–४ मा नियमित चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार बरामद गरिएको खुद्रा सामानको अनुमानित मूल्य २३ लाख ९३ हजार १७८ रुपैयाँ र कन्टेनर गाडीको मूल्य ६० लाख रुपैयाँ गरी जम्मा ८३ लाख ९३ हजार १६८ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ ।

कन्टेनरमा लोड गरिएका खुद्रा सामानको बिल स्पष्ट नभएको र सामानको स्रोत शंकास्पद देखिएकाले प्रहरीले गाडी र चालक दुवैलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस