दाङ । दाङको तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँच सम्मानित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको ३१औँ वार्षिक साधारणसभाको अवसरमा संघले मिडियातर्फ रेडियो हाम्रो पहुँचलाई सम्मानपत्रसहित सम्मान गरेको हो ।

डेढ दशकदेखि आर्थिक, व्यावसायीक तथा सामाजिक क्षेत्रको विकास एवम् उन्नयनमा आमसञ्चारको माध्यममार्फत सूचना, समाचार सम्प्रेषण गरी संस्थाले गदै आएका गतिविधिहरुको अभियानमा पुर्याएको योगदानको कदर गर्दै रेडियोलाई सम्मान गरिएको संघले जनाएको छ ।
कार्यक्रममा पत्रकारिता, शिक्षा तथा व्यवसाय क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । पत्रकारतर्फ पत्रकार टेकराज भण्डारी सम्मानित हुनुभएको छ ।
त्यस्तै जेहेन्दार छात्र–छात्रातर्फ स्मिता केसी, दिलिप खड्का, दिनेश रावत, राजन गिरी, मिरा बस्नेत र सिकिज लामिछानेलाई सम्मान गरिएको हो ।
व्यवसायतर्फ जिब्सन सिमेन्ट टायल उद्योगका निरज देवकोटा तथा राप्ती खुकुरी उद्योगका टिका कुमारी बिकलाई सम्मान गरिएको संघले जनाएको छ ।
















