२०८३ जेष्ठ ३० गते शनिवार

लुम्बिनी प्रदेश सरकारले भुम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिने


दाङ । लुम्बिनी प्रदेश सरकारले भुम्या पूजाको अवसरमा प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते सोमबार भुम्या पूजा पर्वका अवसरमा दाङ, रोल्पा, प्युठान र रुकुम (पूर्वी भाग) का भुम्या पूजा मनाउने समुदायका लागि मात्र सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्र भाग–३, खण्ड ९, संख्या १७, चैत २३ गते प्रकाशित सूचनाबमोजिम असार १ गते बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्य द्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस