तुलसीपुर, ८ असार । तुलसीपुर उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /२०८४ का लागि २ अर्ब ३५ करोड बजेट ल्याउन लागेको हो ।
बजेट आज बिहान ११ बजे मेट्रो कलेजको सभाहलमा प्रस्तुत गर्ने तयारी छ । नगर प्रमुख टिकाराम खड्काका अनुसार बजेटमा कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।
उपमहानगरले आगामी आर्थिक बर्षमा ५२ करोड रुपैयाँ राजश्व संकलन गर्ने प्रक्षेपण गरेको छ । प्रत्येक वडामा आगामी वर्षका लागि उपमहानगरले एक करोडको सिलिङ्ग तोकेको छ भने प्रत्येक वडामा गौरबका आयोजना अन्तर्गत ५० लाख बजेट विनियोजन गरिने छ ।
उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८२/०८३ मा २ अर्ब ११ करोड बजेट ल्याएको थियो ।

















