२०८३ साउन ११ गते सोमवार

तुलसीपुरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते


दाङ। तुलसीपुरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका छन । घाइते हुनेमा कमचारी ३५ वर्षिय जितेन्द्र पुन र ३३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन् ।

आज बिहान करिब साढे ११ बजे लाइन मर्मत गर्ने क्रममा उनिहरु घाइते भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अस्वारा शव स्टेशनबाट वितरण हुने बालापुर र भमके फिडर मर्मत गर्ने क्रममा दुबै जानालाई करेन्ट लागेको हो ।

उनीहरुको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको प्रमुख महतोले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस