२०८३ साउन १२ गते मङ्गलवार

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै


दाङ ।
लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसैगरी मन्त्री कार्कीले‘ विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ ।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा रहेको प्रदेश सभाको सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस