२०८३ साउन १२ गते मङ्गलवार

दाङमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु


दाङ । दाङको घोराहीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर १० वर्षीया आशिका घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी डा.हेमबहादुर केसीले जानकारी दिनुभयो ।

स्थानीय जुनमाया घर्तीको छोरी आशिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत हुनुहुन्थ्यो । आज बुधबार बिहान आशिका दिदीसँग घरबाट विद्यालय जानु भएको थियो । तर, पेट दुखेको भनेपछि उहाँ दिदी सँगै घर फर्किने क्रममा घरभन्दा करिब ५ सय मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पस्नु भएको थियो ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी बालिकाको खोजीको लागि प्रहरी खटिएको थियो । प्रहरीका अनुसार खोजीमा खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले दिउँसो १ बजे उहाको शव तालबाट निकालेको थियो । अस्पताल पुर्‍याउना साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन । उहाकी दिदी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस