२०८३ साउन १२ गते मङ्गलवार

विद्यार्थीको लागि सञ्चालित उद्घोषण तालिमको समापन


दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीका लागि संचालित उद्घोषण तालिमको बिहिबार समापन गरिएको छ । रेडियो हाम्रो पहुँचको आयोजनामा कक्षा ११ मा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीका मंगलबारदेखि सञ्चालन गरिएको थियो ।

त्यसअबसरमा विद्यार्थी जमुना चलाउनेले यस्तो कार्यक्रममा आफु पहिलो पटक सहभागी हुन पाएकोमा खुशि व्यक्त गर्नुभयो । बोल्ने कला सिक्न पाउँदा आफुमा आत्मबल बढेको भन्दै धेरै कुरा जान्न र सिक्न पाएको बताउनुभयो । विद्यार्थीमा अनुशासन, आत्मबल, क्षमता र धैर्यता भए सबै काम गर्न सकिने कुरा तालिमबाट बुझेको उहाँको भनाइ छ ।

यसैगरी दामोदर आचार्यले आफ्नो बोल्ने क्षमतामा थप सहयोग पुगेको बताउनुभयो । स्कुल पढ्दादेखि औपचारिक कार्यक्रमको ज्ञान भएतापनि तीन दिनको सिकाइले आफुमा थप उर्जा प्राप्त भएको बताउनुभयो । यो कार्यक्रमले अब हुने कार्यक्रम समेत चलाउन सक्ने आँट आएको बताउनुभयो ।

यस्तै विद्यार्थी रेनु रामदामले उद्घोषण के हो? उद्घोषक को हो भन्ने साना कुराको बारेमा पनि जानकारी नपाएका आफु जस्ता विद्यार्थीका लागि यो कार्यक्रमले हौसला प्रदान गरेको बताउनुभयो । केहि कुरा लेख्न बोल्न जानेपनि शिलशिलाबद्ध तरिकाले कसरी बोल्ने शब्द चयन कसरी गर्ने जस्ता स–साना कुराहरु सिक्न पाउदा निकै उत्साहित भएको बताउनुभयो ।

विद्यार्थी प्रविणा पुन मगरले तिन दिनमा धेरै कुरा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । तालिमले आफुले साना कुरामा ध्यान दिन लगनशिल, अनुशासित बन्न प्रेरित गरेको बताउनुभयो। तिनदिनको बसाइले ढुक्कसंग बाल्न, बोल्ने कुरामा ध्यान दिन र आफ्नो क्षमता विकास गर्न सहयोग पुगेको बताउनुभयो ।

अर्का विद्यार्थी धन्याल बस्नेतले यो तालिमले जीवन उपयोगी ज्ञान प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । हिजो दिनमा सबै जानेको छौ लाग्ने भ्रम त्यागेर आजबाट धेरै गर्न बाँकी छ भन्ने कुराको महशुस गरेको अनुभव सुनाउनुभयो । शिक्षकबाट कति सिक्यौ भन्दा आफुले जीवनमा कति लागु गर्‍यौ भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । त्यसैले तालिममा सिकेका व्यावहारमा लागु गर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले हाम्रो पहुँचले समाजका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताउनुभयो । उहाँले शिक्षालाई किताबमा मात्र सिमित नराखी व्यवहारिकता र उत्पादनसंग जोड्दै लगेको बताउनुभयो । आफुसंग भएको विशिष्ट क्षमता, ज्ञान र कलालाई निखार्न अझै मेहनत गर्न सुझाव दिनुभएको छ । सिकाइ कहिले पूर्ण नहुने भन्दै धेरै कुरा सिक्नपर्ने बताउनुभयो ।

यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीले छोटो समयमा शिक्षासँगै उद्घोषण तालिले विद्यार्थीको व्यक्तित्व निर्माणमा ठूलो सघाउ पुग्ने बताउनुभयो । विद्यार्थीको इच्छा र उत्साहले खुशी भएको बताउनुभयो ।

विद्यालयका प्रिन्सीपल शिव पुनले विद्यार्थीको क्षमता विकास गर्न बोल्न सक्षम बनाउन तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले विद्यार्थीले सिकेको कुरा रेडियो कार्यक्रक मार्फत व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं विद्यालय संचालन उपसमितिका संयोजक कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गर्नुभएको होेेेे ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस