२०८३ साउन १ गते शुक्रवार

स्कुटरको ठक्करबाट पैदलयात्री घाइते, चालक पनि सामान्य घाइते


दाङ । दाङको तुलसीपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१६ का ३१ वर्षीया सम्झना सेजवाल वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते सम्झनाको टाउको र दायाँ खुट्टामा सामान्य चोट लागेको छ । भने स्कुटर चालक तुलसीपुर–६ निवासी ४६ वर्षीय अम्मर दत्त भट्टको पनि घाइते भएका छन् । भट्टका दायाँ आँखामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

तुलसीपुर–५ वीरेन्द्र चोकदेखि पूर्वतर्फ शुक्रबार दिउँसो करिब १ बजे तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र.०२–००२ प ४६९९ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ । चालकले मादक पदार्थ सेवन गरेको कागजात साथमा नभएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस