२०८३ साउन १२ गते मङ्गलवार

बिहानैदेखि मौसम घमाइलो, आज दिउँसो र राति पनि पानी पर्ने


दाङ । दाङ उपत्यकको मौसम आज बिहानैदेखि घमाइलो देखिएको छ । केहि दिनदेखि वर्षा भइरहेको अवस्थामा शनिबार बिहान भने घाम लागेको छ ।

तर देशका केहि ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमको तुलनामा पूर्वी भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा भेलबाढी नै बग्ने गरी पानी परेको छ ।

आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस