२०८३ भाद्र १ गते सोमवार

दाङमा खोलामा डुबेर ५ वर्षीय बालकको मृत्यु


दाङ । दाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई लामितराका लिलबहादुर बुढाथोकीका ५ वर्षीय छोरा डेभान्स बुढाथोकी रहेका छन् ।

शनिबार साँझ करिब ६ः३० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख कमल परियारले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस