२०८३ साउन ६ गते बुधवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा


दाङ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । आधुनिक पूर्वाधार, अत्याधुनिक टर्मिनल भवन तथा सरकारले विभिन्न शुल्कमा सहुलियत उपलब्ध गराए पनि हाल विमानस्थलबाट चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालनमा आएको छैन ।

विमानस्थल व्यवस्थापनले यात्रु व्यवस्थापन, टिकट बिक्री प्रणाली, ट्राभल एजेन्सी र जनरल सेल्स एजेन्टबीच प्रभावकारी समन्वय नहुँदा नियमित उडान टिकाउन कठिन भएको जनाएको छ । पर्यटन तथा हवाई क्षेत्रका सरोकारवालाले नेपाल–भारत हवाई सेवा सम्झौता परिमार्जन गरी भारतका प्रमुख शहरबाट भैरहवामा सिधा उडान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै, सरकारी स्पष्ट नीति, स्थानीय स्तरमा बजार व्यवस्थापन र एयरलाइन्स आकर्षित गर्ने रणनीति आवश्यक रहेको उनीहरूको भनाइ छ । झण्डै ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त पूर्वाधार भए पनि नीति, बजार व्यवस्थापन र समन्वयको अभावका कारण यसको पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको सरोकारवालाले बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस