२०८३ साउन ६ गते बुधवार

गएरातीदेखि वर्षा जारी, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने


दाङ । गएराति र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ । लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रुपन्देहीमा ठूलो पानी परेको छ । आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडका एक/दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस